Logo
Logo

एमाले-माओवादीका नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश 


19k
Shares

बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अबको एक वर्षभित्र आफ्नो पार्टी आशा जगाउने पार्टीका रुपमा विस्तार हुने दाबी गरेका छन् । 

एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशाभन्दा बढी निराशा र उकुसमुकुस बनाएको बताउँदै त्यसलाई चिर्न सक्ने पार्टी केवल नेकपा (एकीकृत समाजवादी) भएको दाबी गरे । 

महासचिव भुसालले आफूहरू त्यही गणतान्त्रिक नेपालको एजेन्डा बोक्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने अभियानमा लागि परेको बताए । अगुवा कार्यकर्ताहरूसमेत रहेको कार्यक्रममा महासचिव भुसालले संविधानको रक्षाका लागि विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई अब सङ्घर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्नेमा जोड दिए । 

उक्त अवसरमा महासचिव भुसालले नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य रामप्रसाद अर्याल, नेकपा एमाले निकटको मजदुर सङ्गठनमा क्रियाशील नेता राजु थापा, वाइसिएल नेता आशिष विक, मेघराज भट्टराईलाई खादा ओढाएर पार्टीमा स्वागत गरे । 

प्रतिक्रिया दिनुहोस्