Logo
Logo

धादिङको पानीधारामा दुर्घटना हुँदा ५ जना घाइते


819
Shares

काठमाडौं । धादिङमा गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । प्रहरीका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० पानीधारास्थित पृथ्वीराजमार्गमा बा. २ख ७६३६ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ।

नारायणघाटबाट काठमाडौं आउँदै गरेको गाडीमा १४ यात्रु रहेकोमा पाँचजना भइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।

घाइते हुनेमा चितवन भरतपुर महानगरपालिका-९ का ४३ वर्षीय प्रकाश अधिकारी, सोही ठाउँका ५० वर्षीय मनबहादुर पुन, भरतपुर महानगरपालिका- ८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल, सोही ठाउँ बस्ने २३ वर्षीया अञ्जली रिमाल र भरतपुर महानगरपालिका-५ बस्ने ५० वर्षीय सुदर्शन थापा छन् । अधिकारी, पुन, पौडेल र रिमालको प्रशान्त फार्मेसी चौकीटारमा तथा थापाको बिहानी फार्मेसी मझिमटारमा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा राखेर अनुसन्धानअघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्