काठमाडौं । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका विद्यार्थीहरुले शनिबार आफ्ना इन्टेरियर डिजाइनका अवधारणा प्रस्तुत गरेका छन् । ललितपुरको जावलाखेमा आयोजित ‘स्पेस एण्ड डिजाइन एक्सपो’मा आईआईएफटीका ४६ जना विद्यार्थीले इन्टेरियर डिजाइनको महत्व उजागर गरे, जसले मानिसको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्नुका साथै जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

बरिष्ठ पत्रकार कीर्तिमानी गीतकार हरि गोपाल प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका लागि रुपमा राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत रहेका थिए ।
साथै, कार्यक्रममा ललितपुर महानगरपालिका वडा–४ का अध्यक्ष सन्तोष खड्का, इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल)का अध्यक्ष श्याम श्रेष्ठ र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) का अध्यक्ष संघर्ष विष्टलगायतको पनि उपस्थिति रहेको थियो ।

साथै, फेसन डिजाइनर तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघकी उपाध्यक्ष सुदिना श्रेष्ठ, एडभोकेट तथा लिटिल फ्लावर पब्लिक स्कूलका अध्यक्ष लक्ष्मण महर्जन, मिस मंगोल–२०२४ की विजेता एन्जल राई, कर्पोरेट खबरका अध्यक्ष उज्ज्वलजंग शाह, मैनाली मार्केटिङका अध्यक्ष प्रेमहरि मैनाली, नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमिति सदस्य सन्तोषराज केसी, व्यवसायी उज्ज्वलकृष्ण श्रेष्ठलगायतको पनि सहभागी रहेको थियो । उनीहरुले आईआईएफटीका विद्यार्थीको सिर्जना अवलोकन गर्दै इन्टेरियर डिजाइन अहिले जीवनशैली जस्तै भइसकेको धारणा राखेका थिए ।
कार्यक्रममा आईआईएफटीका व्यवस्थापक फुपु तेनजिङ शेर्पा र निर्देशक शिवलाल श्रेष्ठले विद्यार्थीहरूको सिर्जनात्मकतालाई व्यावसायिकतर्फ अघि बढाउने उद्देश्यले यस प्रकारको प्रदर्शनी आयोजना गरिएको जानकारी दिएका थिए ।
निर्देशक श्रेष्ठले भने, ‘एक्सपो विद्यार्थीहरूका लागि मात्र नभई इन्टेरियर डिजाइन क्षेत्रमा संलग्न सम्पूर्ण नवप्रतिभालाई व्यावसायिक जगतसँग जोड्ने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।’ कार्यक्रमले स्थानीय डिजाइनरहरूलाई ठूला ग्राहक र विक्रेतासँग जोड्ने पुलको रूपमा काम गर्ने आईआईएफटीको विश्वास छ ।
विगत लामो समयदेखि फेसन र इन्टेरियर डिजाइनको अध्यापन गराउँदै आएको आईआईएफटी ललितपुरको कुमारीपाटी, काठमाडौंको बागबजार प्लाजा र हेरिटेज प्लाजामा रहेको छ । डिजाइनिङ अध्यापनमा आईआईएफटीले नेपालमा छुट्टै पहिचान बनाएको छ । नेपालकै एक नम्बर फेसन तथा इन्टेरियर डिजाइन एकेडेमीका रुपमा स्थापित आईआईएफटीले सयौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ ।