Logo
Logo

बन्द भयो उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पताल


441
Shares

काठमाडौं । बिनादर्ता सञ्चालित जनकपुरको पीडारीचोकमा रहेको मुस्कान अस्पताल बन्द गरिएको छ । उपचारमा लापरबाही गरेको र दर्ताबिना नै सञ्चालन गरिएको पाइएपछि शनिबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा अस्पतालमा सञ्चालकले तालाबन्द गरेर साँचो सरकारलाई बुझाएका हुन् ।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की २५ वर्षीय बबिताकुमारी यादवको अहिलेसम्म होसमा नआएको घटना सार्वजनिक भएको थियो ।

त्यसपछि अस्पतालमा छड्के अनुगमन गरेका मुख्यमन्त्री सिंहले आइतबारसम्म आफैँले ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन सञ्चालकहरूलाई निर्देशन दिएका थिए । यससँगै मुस्कान अस्पताल बन्द भएको हो ।

त्यहाँ रहेका बिरामीहरूलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरी ताला बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्