Logo
Logo

चितवनमा मिनी ट्रक पल्टिँदा १९ खसीबोका मरे


252
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा ट्रक दुर्घटना हुँदा १९ खसीबोका मरेका छन् ।बर्दियाबाट काठमाडौंतर्फ आइरहेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।

आज बिहान ट्रक सडकमा पल्टिँदा १९ वटा खसीबोका मरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्