
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । जसपा नेपालका सांसद दिपक कार्कीले विभिन्न अध्यादेशबारे अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने हुने जानकारी दिए ।
जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशहरूबारे अध्ययन गरेको छ । उक्त कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो ।
विज्ञसँगको छलफलको आधारमा कार्यदलले सुझावसहितको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनउपर आज निर्णायक छलफल हुन लागेको हो ।