काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । महाधिवेश नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिका संयोजक हिसिला यमीले प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी थिइन् । २९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।
महाधिवेशनले ११ पदाधिकारीसहित ९९ केन्द्रीय समिति चयन गर्ने छ । संयोजक यमीका अनुसार राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिइने छ ।