Logo
Logo

धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत


756
Shares

काठमाडौं । धनगढीमा एक किशोरी बलात्कृत भएकी छन् । धनगढीमा बसेर कक्षा ७ मा अध्ययन गर्दै आइरहेकी बाजुुराकी १४ वर्षीया किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको हो ।

प्रहरीका अनुसार एक युवकले स्कुलबाट घर फर्किने क्रममा चक्कु देखाउँदै डर, त्रासमा पारेर किशोरीलाई घरमै लगेर जबरजस्तीकरणी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले घटनाबारे शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए । डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्