
काठमाडौं । रक्षामन्त्री मानवीर राईको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ । आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको छ । ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले मोटरसाइकल चालकसँग रक्षामन्त्रीका चालकले सहमती गरिसकेको बताए । सहमतिअनुसार मोटसाइकल बनाउँदा लाग्ने खर्च रक्षामन्त्रीका चालकले तिर्ने भएका छन् ।