Logo
Logo

‘प्रचण्ड’को अभिव्यक्तिप्रति लेखनाथको असन्तुष्टि


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

अखिल क्रान्तिकारीको २३औँ सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिलाई शनिबार काठमाडौँमा शपथ गराउँदै ‘प्रचण्ड’ले यो सम्मेलनले विद्यार्थी नहुने तर, विद्यार्थी नेता भइरहने अभ्यासको अन्त्य भएको बताएका थिए । यस क्रममा ‘प्रचण्ड’ले मञ्चमा रहेका देवेन्द्र पौडेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने लगायतका पूर्व अध्यक्षहरूको नामै लिएपछि नेता न्यौपानले सामाजिक सञ्जालबाट असन्तुष्टि जनाएका हुन् ।

उनले भनेका छन्, ‘अध्यक्षले विद्यार्थी नहुने तर विद्यार्थी नेता बनाउनुपर्ने बाध्यतामा हामीसँग विगतमा थियो भन्नुभयो । त्यसको जवाफ मैले सार्वजनिक रुपमै दिनुपर्ने भएकाले सामाजिक सञ्जालमा राखेको हुँ ।’ अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका न्यौपानेले ‘प्रचण्ड’ले भनेको भन्दा तथ्य फरक रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्