
काठमाडौं । पेश्कीका विषयमा विवाद हुँदा धनुषाको एक विद्यालयमा शिक्षक र प्रधानाध्यापकबीच कुटाकुट भएको छ ।
जिल्लाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयका प्रधानाध्यापक जगरनाथ यादव र राहत शिक्षक रोहित यादवबीच कुटाकुट भएको हो ।
बुवाको निधन भएकाले शिक्षक रोहितले प्रधानाध्यापकसँग ५० हजार पेश्की रकम मागेका थिए । तर, प्राधानाध्यापकले २५ हजार मात्रै दिने भनेपछि विवाद चर्किँदा उनीहरुबीच कुटाकुट भएको हो ।
अहिले उनीहरुबीच विद्यालयमै कुटाकुट भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नगर प्रमुख विशेश्वर यादवले पेश्की रकमका लागि विद्यालयमा विवाद भएको जानकारी आफुले पाएको बताए ।