Logo
Logo

३० वर्षसम्म कांग्रेस, एमाले र माओवादीले देशलाई ठगेर खाएको बाबुरामको आरोप


567
Shares

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ३० वर्षसम्म कांग्रेस, एमाले र माओवादीहरूले देश र जनतालाई ठगेको आरोप लगाएका छन् ।

आइतबार नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. भट्टराईले पटक–पटक यी तीन वटा टाउकाहरूले ठगेको भन्दै भने, ‘कांग्रेसले गरेनन् । कम्युनिस्टले गरेनन् । यी नै तीन वटा टाउकेहरूले ३० वर्षसम्म खाइराखेका छन् । जनताले पनि सत्तामा बस्नेले केही गरेनन् बाहिर बस्नेले गर्छन् कि भन्छन् । फेरि तिनकै पछि लागेका छन् । त्यसले फेरि ठग्छ । पटक-पटक यी तीन वटा टाउकाहरूले ठगेका छन् । यिनले देशलाई हैरान पारिराखेका छन् ।’

त्यस्तै, उनले उनीहरूले सत्तामा बस्दासम्म उत्पातै गरेको दाबी गर्ने तर सत्ताबाट बाहिरिएपछि केही भएन भन्ने सोचबाट नयाँ शक्ति मुक्त हुनुपर्ने स्पष्ट पारे । वैकल्पिक शक्तिले पनि डेन्टिङ पेन्टिङ गरेर पुरानै तरिकाले गए मन्त्री तथा प्रधानमन्त्री पनि बन्न सक्ने तर यसले राजनीतिक निकास ननिक्लने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्