Logo
Logo

चिल गाडीबाट ओर्लिँदा नओर्लिँदै मेरो अध्यक्ष पद त गइसकेछ : रेशम चौधरी


10.3k
Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको स्मरण गरेका छन् ।

आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै चौधरीले पार्टीले भव्यरुपमा महाधिवेशन गरे पनि स्वीकृत नभएको भन्दै भने, ‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक लाख ३९ हजार जनालाई भात खुवायौँ टिकापुरमा । नाउपाले महाधिवेशन गर्‍यो । एक एक मिनेट गर्दा पनि रातिको १० बज्यो । पाँच पाँच जना सांसद लिएर निर्वाचन आयोगमा अद्यावधिका लागि पुग्यौँ । आयोगका पदाधिकारीसँग कति समय लाग्छ भनेर सोध्यौँ । उहाँले पाँच महिना लाग्छ भन्यो । सत्तासँग कुरा मिलेन । भोलि चिल गाडीबाट ओर्लिँदा नओर्लिँदै मेरो अध्यक्ष पद त गइसेके छन् ।’

त्यस्तै, उनले नेसपाको महाधिवेशन पनि त्यस्तै हुनसक्ने भन्दै डा. बाबुराम भट्टराईलाई सचेत गराए । कार्यक्रममा उनले भट्टराईलाई चिन्ता गर्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्