Logo
Logo

नागार्जुनका मेयरविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर


1.6k
Shares

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा बस्नेतविरुद्ध ८ करोड ६९ लाख विगो मागदावी गरेको हो । अख्तियारले मोहनकी पत्नी उर्मिलामाथि पनि मुद्दा दायर गरेको छ ।

मेयर बस्नेतविरुद्ध यसअघि नै भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । हाल उनी निलम्बित अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्