काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रत्न राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ ।

प्रहरीका अनुसार भारतमा लागिरहेको कुम्भ मेलातर्फ जाँदै गरेको बस बबई पुलबाट तल खसेको छ । प्रहरीका अनुसार सबै जना सकुशल नै छन् । घाइतेलाई कोहलपुर अस्पतालतर्फ पठाइएको छ ।
दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।














