Logo
Logo

माओवादीले थप्यो सात जना वैकल्पिक केन्द्रीय सदस्य


7.5k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सात जना वैकल्पिक केन्द्रीय सदस्य थपेको छ।

गत माघ २१ गते बसेको पार्टी पदाधिकारी बैठकले कोशी प्रदेशबाट झापाका वीरेन्द्र बस्नेतलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो । यसअघि उनी प्रदेश कमिटीको सचिवालय सदस्य थिए ।

यस्तै म्याग्दीका रेशम जुग्जाली मगर, बाग्लुङका धनबहादुर बिक र तनहुँका मदन आले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बाग्लुङ) लाई वैकल्पिक केन्द्रीय सदस्य तथा अरूण पीडित भण्डारी (चितवन) लाई केन्द्रीय आयोग सदस्यमा जिम्मा दिने निर्णय गरेको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत् जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्