
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवाका विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका रिक्त पदमा ६ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको हो ।
जसमा नेपाल इन्जिनियरिङ सेवाका सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहतर्फ रिक्त उपसचिव पदमा ३ जना, सिभिल इन्जिनियरिङ समूह, हाइवे उपसमूहतर्फ २ जना र सिभिल इन्जिनियरिङ, स्यानिटरी उपसमूहतर्फ १ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको छ ।
