काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् ।
पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा आइतबार दिउँसो राजीनामा बुझाएका छन् । जागिर अवधि ४० दिन बाँकी हुँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

उनको पदावधि ५ चैतसम्म बाँकी थियो । स्रोतका अनुसार गृह मन्त्रालयको कर र दवाबका कारण पदावधि सकिनअघि नै उनले राजीनामा दिएका हुन् । डिआइजी जनक भट्टराईलाई बढुवा गर्न उनलाई एआइजी केसीलाई राजीनामा दिन गृह मन्त्रालयको दवाब आएको ती प्रहरी स्रोतको भनाइ छ ।
उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । उनको राजीनामाबारे सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।