
तनहुँ । व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानमाथि कुटपिट भएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि कुटपिट भएको हो ।
कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेका छन् ।
शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














