Logo
Logo

अख्तियारमा एसएसपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार । नेपाल प्रहरीकी एक एसएसपीको जागिर धरापमा परेको छ । हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी पूजा सिंहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएको छ । तर, मुद्दा दायर हुने-नहुने अन्योल छ ।

पाँच वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत रहँदा बजेट हिनामिना गरेको अनुसन्धानमा पुष्टि भएको छ । प्रहरीको नाममा भ्रमण भत्ता निकालेर खाएको छानबिनमा पुष्टि भएको छ । तत्कालिन लेखापाल धुव्र गौतम र एसएसपी सिंहको मिलेमतोमा त्यस्तो अनियमितता भएको आयोग स्रोत बताउँछ ।

यस्तै अनियमिततामा पूर्व डिआईजी महेश बिक्रम शाहविरुद्ध केही महिनाअघि मुद्दा दायर भएको थियो । ठूलो रकम नभएको भन्दै एसएसपी सिंह भने सो अनुसन्धानमा तामेलीमा राख्न शक्तिकेन्द्र धाइरहेकी छिन् । तर, अख्तियार स्रोत भन्छ– घटना मुद्दा चलाउनै पर्ने किसिमको छ । प्रहरीका अन्य केही कार्यालयमा भएको यस्तो अनियमितताको पनि आयोगले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्