Logo
Logo

बलात्कारको आरोपमा वैद्यलाई हत्कडी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार । तथ्याङकमा बलात्कारका घटना धेरै बढेका छन् । तर, वास्तविकता भने फरक छ । विभिन्न विवादमा बलात्कार मुद्दा लगाएर फसाउने क्रम बढेको छ ।

त्यस्तै एउटा घटना यतिबेला महानगरीय प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ । संस्थाभित्रको विवादका कारण समाजसेवीको छवी बनाएका एक व्यक्ति बलत्कार मुद्दामा हिरासतमा छन् ।

समाजसेवीका नामले चिनिने डा जगदिशप्रसाद बैद्य आफ्नै संस्थाकी महिलालाई बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका हुन् । अन्नपूर्ण पशुपति आश्रम चलाउँदै आएका बैद्य दुई सातादेखि हिरासतमा छन् ।

घटना भने ठिक एक वर्षअघिको हो । संस्थाभित्र विवाद बढेपछि एक महिलाले आफुमाथि बलात्कार प्रयास भएको भन्दै उनीविरुद्ध उजुरी गरेर थुनाएकी हुन् । महिलाको उजुरी आएपछि छानबिन नै नगरी थुनामा राख्ने र प्रमाण नभएपनि जाहेरीकै आधारमा प्रहरीले मुद्दा चलाइदिने गरेको छ । जाहेरी नलिएपनि विवाद हुने भएकाले प्रहरीले विवादमुक्त हुँन यस्तो तरिका अपनाउन गरेको छ ।

प्रहरीमा आउनेमध्ये अधिकांश उजुरी नक्कली हुन गरेका छन् । कतिपय बार्गेनिङका लागि त कतिपय प्रतिशोधपूर्ण हुने गरेका छन् । जसकारण पछि मुद्दा चलेपछि अदालतमा गएर बकपत्र फेर्ने र आर्थिक लाभ लिने गरेका छन् । सोही कारण फौजदारी मुद्दामध्ये बलात्कार मुद्दामा सबैभन्दा धेरै असफलता हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्