Logo
Logo

मन्त्री भट्टराईद्वारा मन्त्रालयमै छड्के


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ १६ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ ।

मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के निरीक्षण गर्नुभएको हो । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाईएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो सो बुझि कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो । नेपाल सरकारको मन्त्री परिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

निरीक्षणपछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सवै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्