संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमाथि आक्रमण भएको छ ।

खाँदबारी-९ का वडाध्यक्ष विमलराज गौतमले कार्यकक्षमै गएर प्रमुख महेश थपलियालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो ४ बजे वडाध्यक्ष गौतमले प्रमुख थपलियाको कार्यकक्षमै गएर कार्यकक्षमा थुनेका थिए ।
नगरप्रमुख थपलियाले गौतमले आफूलाई दुर्व्यवहार र गालीगलौज गरेको बताए । वडाध्यक्ष गौतमले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको प्रहरीले जनाएको छ ।
मापसे गरेर नगरपालिका प्रवेश गरेका वडाध्यक्षले अपशब्द प्रयोग गर्दै प्रमुख थपलियालाई हातपात गरेको प्रत्यक्षदर्शी कर्मचारी बताउँछन् । वडाध्यक्ष गौतमले कर्मचारीलाई पनि गालीगलौज गरेको थपलियाले बताए ।