Logo
Logo

चर्चमा हमला, ६ सेनासहित १९ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


मनिला, १३ माघ (एजेन्सी) । फिलिपिन्सको जोलो द्वीपमा आइतबार (आज) बिहान एक चर्चमा दुई बम हमला भएको छ । उक्त हमलामा परी १९ जनाको मृत्यु भएका छन् भने ५० भन्दा बढी घाइते भएको जनाइएको छ ।
यो क्षेत्र आतंकी गतिविधिबाट प्रभावित मानिन्छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ६ जना सैनिक रहेका छन् । सैन्य अधिकारीहरुका अनुसार पहिलो बम हमला चर्चको मुनिबाट भएको थियो । त्यसपछि भागदौड मच्चिँदा बाहिरबाट हमला गरिएको थियो ।
पछिल्लो केही वर्षयता अल्पसंख्यक मुस्लिम समुदायले दक्षिण फिलिपिन्समा आफ्नो छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै आएका छन् । पछिल्लो ६ दशकयता त्यहाँ विद्रोह चल्दै आएको छ । जसबाट डेढ लाख बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्