
काठमाडौं । नेपाल प्रहरीमा हालै बढुवामा भएका ७५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको पदस्थापन भएको छ ।
गृह सचिवस्तरीय फागुन २ गतेको निर्णय अनुसार बढुवा भई आइतबार दज्र्यानी चिह्न लगाएका उनीहरूलाई सोमबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदस्थापन गरेका हुन् ।
जसमा पहिलो नम्बरका बढुवा भएका सुरेन्द्र प्रसाद जोशीलाई नेपाल प्रहरी शिक्षालय तालिम शाखा भरतपुर चितवन पठाइएको छ ।
यसैगरी मिलन बस्नेतलाई प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेपलाञ्चोक पदस्थापन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काज सरुवा गरिएको छ ।
त्यस्तै शंकर प्रसाद आचार्यलाई प्रहरी प्रधान कार्यालयको सूचना विश्लेषण विभागबाट प्रहरी महानीरिक्षकको सचिवालय नक्साल पठाइएको छ ।
हेर्नुहोस् सूची :