Logo
Logo

सांसद छन्त्यालको निधन


- दृष्टि न्युज/संवाददाता


बाग्लुङ, १७ असार । सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । छन्त्यालको आज बिहान निधन भएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले जानकारी दिए ।

लामो समयदेखि मुटुरोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौँस्थित गंगालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो । काँग्रेसका तर्फबाट समानुपतिक सांसद उहाँ दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्