Logo
Logo

एनएमबि बैंकले गर्यो २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागि अन्तर्राष्ट्रिय वित्त निगमसँग सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगमबाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ ।

एनएमबि दुई बर्षको अवधिमा अन्तर्राष्ट्रिय वित्त निगमबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।

उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र अन्तर्राष्ट्रिय वित्त निगमका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस वित्तीय समझदारीले कोभिड–१९ को कारणले आइपरेको कठिनाइहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपुर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेे बैंकले जनाएको छ ।

अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तीकरणमा सघाउ पु¥याउन सदुपयोग गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्