Logo
Logo

बाजुरामा ५ जना स्वास्थ्यकर्मीले कोरोना जिते


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १७ असार । जिल्लामा ५ जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् । बडिमालिका नगरपालिका नगरपालिकाका ४ जना स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यलय बाजुराका १ जना स्वास्थ्यकर्मी गरि ५ जनाले कोरोना जितेका हुन् ।

पाँच जना स्वास्थ्यकर्मीको दोस्रो रिपोट कोरोना नेगेटिभ आएपछि उनीहरुले कोरोना जितेका छन् । ५ जना स्वास्थ्य कर्मीलाइ होटलको आइसोलेसनमा राखिएको थियो । यो भन्दा पहिला अस्पतालकि कोरोना पोजेटिभ एक १९ बर्षिय स्वास्थ्यकर्मीले पनि कोरोना जितेकि थिइन् ।

कोरोना जितेका ५ जना स्वास्थ्यकर्मिको जेठ १९ गते स्वाब संकलन गरिएको थियो, ४ गते कोरोना पोजेटिभ आएको थियो । दोस्रो जाँच नेगेटिभ आएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले वताएका छन् । बाजुरामा ७ जना स्वास्थ्यकर्मि संक्रमित मध्ये ६ जनालाइ सञ्चो भइसकेको छ भने १ जना भने आइसोलेसनमा रहेकी छन् ।– नन्दा थापाबाट

प्रतिक्रिया दिनुहोस्