काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक रामजी खाँडको स्वर रहेको एउटा लोकदोहोरी गीत गाएका छन् । ‘किन होर तरक्क’ बोलको मौलिक लोकशैलीमा तयार उक्त गीतमा शब्द तथा संगीत कस्तुप पन्तको छ । गीतको एरेन्ज रमेश सेन्च्युरीले गरेका हुन् ।

गीतमाथि आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । थुप्रै कोरस प्रयोग गरेर तामझाप सहित निर्माण र्भको भिडियोमा मोडलद्धोय सुधिर श्रेष्ठ र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ ।
भिडियोको कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका हुन् । लामिछानेले भिडियोमा सुधिर र सञ्चितालाई डान्सिङ जोडीको रुपमा प्रस्तुत गरेका छन् । भिडियोले गीत सिंगार्ने काम गरेको छ ।
मानकृष्ण महर्जनको छायांकन रहेको भिडियो बन्दे प्रसादले सम्मादन गरेका हुन् । गीत कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।