Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकलाई केयर रेटिङसमा ए प्लस प्राप्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङस नेपालद्वारा गरिएको रेटिङसमा ए प्लस (ARE-NP A+) रेटिङस प्राप्त गरेको छ । केयर रेटिङसमा ए प्लस रेटिङसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५÷७६ मा सबैभन्दा बढी रु पाँच अर्ब चार करोड मुनाफा कमाउन सफल भएको र आव २०७४÷७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्