Logo
Logo

काँडाघारीमा नेपाल बंगलादेश बैंकको ९६औँ शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ९६औँ शाखा काठमाडौंको काँडाघारीमा सञ्चालनमा ल्याएको छ । बैंकले यही असार १५ गतेबाट काँडाघारीमा शाखा उदटन गरी औपचारिक कारोबार शुभारम्भ गरेको हो ।

उक्त शाखाको औपचारिक उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको बताए ।

सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । काँडाघारी शाखासहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८० वटा एटिमबाट बैंकिङ सुविधा दिँदै आएको जानकारी प्रमुख कार्यकारी अधिकृत ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्