Logo
Logo

ताप्लेजुङमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुई जना घाइते


3.7k
Shares

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ ।

राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको हो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्