Logo
Logo

सहायक हबलदारसहित १० प्रहरी सम्पर्कबिहीन


1.3k
Shares

काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी कर्मचारी समपर्कबिहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी सहायक हबलदारसहित १० जना सम्पर्कबिहीन भएका हुन् ।

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

तोकिएको समयभित्र कार्यालयमा उपस्थित नभए सेवाबाट हटाइने समेत चेतावनी दिइएको छ । गैर हाजिर हुनेमा सहायक हबलदार कृष्ण कार्की, प्रहरी जवान रञ्जित श्रेष्ठ, खिमबहादुर बुढाथोकी, अश्मी तामाङ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्