Logo
Logo

सहायक हवलदारसहित १० प्रहरी कर्मचारी एक महिनादेखि गैरहाजिर


2.3k
Shares

काठमाडौं । नेपाल प्रहरीको एक सहायक हवलदारसहित १० जना प्रहरी कर्मचारी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गत माघदेखि सम्पर्कविहीन रहेका १० जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन एक सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक गरेको सूचनामा गैरहाजिर भएका प्रहरीहरुको नामठेगाना सार्वजनिक गरेको छ ।

उनीहरुलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित हाजिर हुन निर्देशन दिएको छ । अन्यथा, कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

गैरहाजिर हुनेहरुमा प्रहरी सहायक हबल्दार कृष्ण कार्की लगायत छन् । बागलुङको बागलुङ नगरपालिका ८ घर भएका कार्कीको दरबन्दी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा हो । तर उनी २०८१ पुस २९ गतेदेखि हाजिर भएका छैनन् ।
यस्तै, ्प्रहरी जवानहरु मोरङका रन्जित श्रेष्ठ, पाँचथरका विनम ज्ञाङमी, रामेछापकी अस्मी तामाङ, दाङ घोराहीका प्रज्वल घर्ती र प्युठानका रेशम पुन छन् ।

बागलुङका खिमबहादुर केसी, शम्शेर घर्तीमगर र कृष्ण विक तथा बर्दियाका प्रहरी कार्यालय सहयोगी जनकबहादुर गाईन पनि कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्