खोटाङ । नेपाल मगर संघ खोटाङको अध्यक्षमा युवराज थापा मगर सर्वसम्मत चयन भएका छन् ।

‘मगरात सभ्यता सहितको समृद्ध मगर समाज’ भन्ने मूल नाराका साथ खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मामा आयोजना गरिएको मगर संघ जिल्ला समिति खोटाङको चौथो ऐतिहासिक जिल्ला सम्मेलनबाट अध्यक्षमा युवराज, उपाध्यक्ष प्रकाश खपाङ्गी मगर, सचिव प्रेम थापामगर, सहसचिव एल्बि लुङ्गेलीमगर र कोषाध्यक्षमा पहलमान मगर सर्वसम्मत चयन भएका छन् ।
अध्यक्ष युवराज लामो समयदेखि राजनीतिमा सक्रिय छन् । उनी श्री ज्यू मावि सुन्तालेका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । उनी अहिले नेकपा (माओवादी केन्द्र) वराहपोखरी गाउँपालिका कमिटीका अध्यक्ष समेत हुन् । त्यस्तै, उपाध्यक्ष प्रकाश मगर संघ खोटाङका निवर्तमान सहसचिव हुन् । उनी जिल्लाका विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध छन् ।
सम्मेलनमा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय महासचिव टेकबहादुर नाम्जाली मगर, केन्द्रीय सदस्य जुद्धबहादुर पुलामी मगर, नेपाल मगर संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष राजु खप्तरी मगर, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपाध्यक्ष अरुण लुङ्गेलीमगर, केन्द्रीय समिति सल्लाहकार सदस्य रत्न राना मगर, कोशी प्रदेश सदस्य दीर्घ बहादुर बुर्जा मगर, वराहपोखरी गाउँपालिका-२ का वडा अध्यक्ष पदम मगरलगायत उपस्थित थिए ।