
काठमाडौं । नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक (डीएसपी) तीन महिनादेखि सम्पर्कविहीन भएका छन् ।
पर्वतको फलेवास नगरपालिका १० स्थायी घर भई प्रहरी अस्पतालको रेडियोलोजी विभागमा कार्यरत प्राविधिक डीएसपी डा. कृष्णमणि चापागाईं बिना जानकारी तीन महिनादेखि अनुपस्थित भएका हुन् ।
गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै उनलाई स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
चापागाईं कात्तिक १४ गते १५ दिनको घरबिदा लिएर हिँडेका थिए । तर पुनः १४ दिन बिदा थप गराएका थिए । थपिएको बिदा २०८१ मंसिर २५ गते सकिए पनि चापागाईं अझै सम्पर्कमा नआएको अस्पतालले जनाएको छ ।
उनको घरमा यसअघि नै खोजतलास गरिएको र प्रहरी नियमावलीअनुसार सूचना टाँस गरिसकिएको गृह मन्त्रालयले जनाएको छ ।
७ दिनभित्र काार्याालयमा हााजिर नभए भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी समते दिइएको छ ।