Logo
Logo

बाजुराको साँफे–मार्तडी सडक अबरुद्ध


- नन्दा थापा


बाजुरा, २२ असार । लगातारको बर्षाले साँफे–मार्तडी सडक खण्डको ठाउँठाउँमा पहिरो आएपछि आइतबार बिहानाबाट सडक अवरोध भएको छ । सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।

पहिरोले बडिमालिका नगरपालिकाको पानिनाउला, बल्दे, अम्कोट, तिपाडा, लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको बताए छन् । शुक्रबारदेखि आएको वर्षाले द्धारीमा पहिरो गएपछि आइतवार बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

सडक अबरोध भएपनि खुलाउनका लागि पहल भए पनि माथिबाट पहिरो आइरहेका कारणले सडक खुलाउन मुस्किल भएको प्रहरीले जनाएको छ । साँफे–मार्तडी सडकखण्डको ठाउँठाउँमा पहिरो गएको छ, आवतजावतमा समेत निकै समस्या भएको सुशील थापाले बताएका छन् । त्यस्तै बल्धे नजिकै पुरै सडक भासिएको यातायत सञ्चालन गर्न अप्ठेरा भएकाले नयाँ एलामेन्ट बदल्नु पर्ने अवस्था भए पनि सरकारको वेवास्ताले यो बर्ष पनि जोखिम हुने देखिएको छ ।

दुई बर्षदेखि साँफे मार्तडी सड्क अबरुद्ध हँुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो । बाजुराका खण्डको बल्धे र पानि नाँउलामा सबै भन्दा जोखिम भएको छ । बल्धेमा त नयाँ ठाँउ बाट सडक लिनुभन्दा अर्को बिकल्प नभएको साँफेबगर डिभिजन कार्यलय बाजुराले जनाएको छ ।

बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत बर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो । गत बर्ष त थोरै जोखिम रहेको थियो, यो बर्ष बैकल्पि बाटो नखोले बर्षातमा पुर्ण रुपमा अबरोध हुने ब्यापारि हंश बहादुर सिंहले वताएका छन् । सरकारले बैकल्पि बाटो खोल्न चाडै पहल गर्नु पर्ने उनले वताए ।

सदरमुकाम मार्तडीमा विद्युत् सेवा पनि अवरुद्ध

मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र दिनभर अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण बाउली खोलाले विद्युतको नहर भत्काएपछि सेवा अवरुद्ध बनेको हो । नहरको दिगो व्यवस्थापन नहुँदा रहेक वर्षादमा मार्तडीमा विद्युत सेवा अनियमित हुने गरेको छ । शनिबार राती आएको बर्षासँगैको बाढीले नहर भत्काएपछि विद्युत सेवा अवरुद्ध हुने गरेको त्रिवेणीसाना जलविद्युत केन्द्रका अध्यक्ष अशोक रावलले बताएका छन् ।

वर्षा निरन्तर रुपमा परिरहेकाले मर्मत गरी सञ्चालन गर्न समस्या भएको थियो । दिनभर सेवा अवरुद्ध भएपछि साँझबाट आंशिकरुपमा भएपनि सुचारु भएको बताइएको छ । विद्युत सेवा अवरुद्ध हुँदा असारको भुक्तानीदेखि बैकीग कारोबार समेत प्रभावित बनेपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ । त्रिवेणी साना जलविद्युत केन्द्रको सेवाबाट सेवाग्राही हैरान बनेका छन् । भने विद्युत् अवरुद्ध हुँदा जिल्लामा सञ्चालन हँुदै आएका रेडियो, अनलाइन पत्रिका र अन्य दैनिक काम ठप्प हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्