Logo
Logo

मधेश प्रदेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु


3k
Shares

काठमाडौं । मधेश प्रदेश सरकारका गृह तथा संचारमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।

सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका असई यादवको आइतबार राति उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । गएराति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो ।

उनको उपचारको क्रममा राति १२ बजे मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्