Logo
Logo

काठमाडौँ वेष्टमा नयाँ नेतृत्व


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ असार । रोटरी क्लब अफ काठमाडौँ बेष्टको नेतृत्व परिवर्तन भएको छ । सन् २०२०–२१ का लागि उक्त क्लबको प्रिसिडेन्टमा मोहनध्वज जोशी निर्वाचित भएका छन् । जोशीलाई गत आइतबार ‘जुम मिटिङ’ बाट एजी तथा प्रमुख अतिथि हरिओमध्वज जोशीले शपथ खुवाएका थिए । सो अवसरमा आईपीपी दिग्विजय विष्टले पद हस्तान्तरण गरेका थिए । उक्त समारोहलाई सम्बोधन गर्दे जीएसआर मणिध्वज जोशीले क्लबले स्थापनाकालदेखि अहिलेसम्म राम्रो काम गरेको कुरा उल्लेख गर्दै शुभकामना व्यक्त गरेका थिए ।

रोटरी क्लब अफ काठमाडौँ बेष्टको नयाँ कार्यसमितिमा विष्ट आईपीपी, पद्मा माथेमा प्रिसिडेन्ट इलेक्ट, शारदाभक्त रञ्जित प्रिसिडेन्ट नोमिनी, उर्मिला डंगोल भाइस प्रिसिडेन्ट, रिसभमान सिंह सेक्रेटरी, सञ्जीव तुलाधर ज्वाइन्ट सेक्रेटरी, सुधन बज्राचार्य ट्रेजरर, मधुरध्वज जोशी ज्वाइन्ट ट्रेजरर, दुर्जकुमार राई चियर क्लब एडमिनिट्रेशन कमिटी, डा. हिरा श्रेष्ठ चियर मेम्बरसीप कमिटी, शम्भु श्रेष्ठ चियर पब्लिक इमेज कमिटी, महेन्द्रराज राजकर्णिकार सर्विस प्रोजेक्ट कमिटी, रमेशमिलन श्रेष्ठ चियर रोटरी फाउण्डेशन कमिटी र किरणकृष्ण जोशी छन् । त्यसैगरी सल्लाहकार कमिटीमा देवेन्द्रबहादुर प्रधान, दीपकबहादुर श्रेष्ठ, नरेशमानसिंह श्रेष्ठ, डा. पुष्परामभक्त माथेमा, उर्मिला माली छन् ।

क्लबले जनप्रभात, ज्ञानोदय, निलवाराही स्कुलका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्यसबाहेक रक्तदान, स्वास्थ्य परीक्षण कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । कोरोनाका कारण सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि कालिमाटी, कुलेश्वरमा श्रमिक र गरिब परिवारलाई खाना खाने व्यवस्था गर्नुका साथै ‘मास्क’ वितरण गरेर सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । साथै, कालिमाटी वडा प्रहरी कार्यालय, कुलेश्वर प्रहरी बिट र काठमाडौं १३ नम्बर वडा कार्यालयलाई मास्क वितरण गरेको थियो ।

कोरोना भाइरसबाट जोगिन क्लबले ‘जुम’ प्रविधिबाट आफ्नो नियमित मिटिङ गर्दै आएको छ । नवनिर्वाचित प्रिसिडेन्ट जोशीले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै साक्षर नेपाल अभियानलाई सफल पार्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्