Logo
Logo

बदेडाका तीन घरपरिवार उच्च जोखिममा


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा, बाजुरा २४ असार । बुढीगंगा नगरपालिका १० बदेडाका तीन घरपरिवारलाई भैँसी छानामा सारिएको छ । उनीहरुका घर खहरे खोलाले कटान गर्दै गएर घर छोडेर भैँसी खर्कमा सारिएको हो । दैनिक दिन वर्षासँगै घर पहिरो बग्न थालेपछि घर जोखिममा पर्दै गएका छन् । घरभन्दा तल खहरे खोला त्योभन्दा माथि नयाँ सडक खनिँदा उनीहरुका घर जोखिममा पर्दै गएको स्थानीयवासी पारस रावलले जानकारी दिएका छन् ।

रावलका अनुसार बढीगंगा नगरपालिका १० का स्थानीय नन्द रावल, डम्म रावल र धने रावलका घर छोडेर उनीहरु अहिले भैँसी बसिरहेका छन् । उच्च जोखिममा रहेका तीन परिवारसहित सिगो बदेडागाउँ नै जोखिममा रहेको छ । विकासका पूर्वाधार निर्माणको नाममा गाउँगाउँमा नयाँ सडक निर्माण भइरहँदा स्थानीयलाई भने उठिबासको चिन्ताले पिरोलेको छ ।

विकास निर्माणका कामले बर्खे सिजनमा बढवा पाउँदा एकातिर बनाएको सडकको माटो बगेर किसानले लगाएको धान कोदो बाली क्षति पु¥याएको छ भने अर्कोतिर बर्खे झरी परिरने भएका कारण रातभरि जागाराम बस्नुपर्ने अवस्था छ ।

अहिले उच्च जोखिममा रहेका तीन परिवारलाई मात्रै अन्यन्त्र सारिएको र बदेडाका अरु घरपरिवारलाई पनि अन्तै सार्ने योजना नगरपालिकाको रहेको नगरउपप्रमुख ताराखाती थापाले बताएकी छन् । उनीहरुको घरमा भएको सबै सर समान गाउँलेको सहयोगमा भैँसी छानामा सारिएको र उनीहरुलाई पनि उतै व्यवस्थापन गरिएको छ । जोखिममा भएका तीन घरपरिवारको अवस्था अवलोकन गरी स्थानीय सरकारले सहयोग गर्ने बताएको छ । जोखिमको बारेमा प्रहरीले मुचुल्कासमेत बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्