Logo
Logo

असारे विकास : फेटा गाउँपालिका कार्यालयको मुलगेटमै ताल्चा लगाएर काम गरिँदै


- दृष्टि न्युज/संवाददाता


बारा, २४ असार । बाराको फेटा गाउँपालिकामा असार मसान्त सक्ने बेलामा प्रशासकीय अधिकृत, लेखापाल कार्यालयमा नबस्दा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकामा भएको विकासको कार्यको हिसाबकिताब प्रशासकीय अधिकृत प्राण मेहता आफ्नो घरमा बसेर गरिरहेकाले टाढाबाट आएको सेवाग्राहीको काममा ढिलाइ भएको छ ।

कार्यालयमा काम गराउन आएका सेवाग्राहीलाई कार्यालयमा पस्नसमेत नदिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यलयको मुलगेटमै ताल्चा लगाएर अन्य कर्मचारीहरुभित्रबाट काम गरिरहेकाले सेवाग्राही आक्रोशितसमेत बनेका छन् ।

गत आर्थिक मसान्तमा यस गाउँपालिकबाट लेखापाल, कार्यलय सहयोगीलगायत अख्तियारको फन्दामा परेकाले कर्मचारीहरु गेटमा ताल्चा लगाएर काम गरिरहेको एक वडाध्यक्ष बताउँछन् । आर्थिक मसान्त सक्न लागेको बेला गाउँपालिकाले निकालेको टेण्डरको चापाकलसमेत अहिलेसम्म वितरण नगरिएको नाम नछाप्ने शर्तमा वडाध्यक्षले जानकारी गराए ।

सर्शत अनुदानबाट अनमि, एचए, कार्यालय सहयोगीलाई तलब खुवाउने कर्मचारी भर्नाको सूचनासमेत गोप्य रुपले निकालिएको स्रोत बताउँछन् । अषाढ मसान्तसम्म तलव खुवाई हिसाव फर्छौट गर्ने प्रवाधान भएता पनि अषाढ मासन्तमा प्रशासकीय अधिकृतले सूचना निकालेको बताउँछन् । सूचना निकालेकोहरुको हकमा अहिलेसम्म अन्तर्वार्तासमेत लिइएको छैन ।

गाउँपालिकामा कमिशनको लागि समान मात्र खरिद गरिएको नाम नछाप्ने शर्तमा कर्मचारी बताउँछन् । विना टेण्डर, सूचनाविना समान खरिद गरि लाखाँै अनियमितता भएको उनले दाबी गर्छन् । ढलान चेक गर्ने मेसिन खरिद गरि अहिलेसम्म कहीँकतै प्रयोग नगरी गाउँपालिकामा अलपत्र अवस्थामा रहेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यलयले असार २५ गतेसम्म सवै भुक्तानी गरी चेक काटने समयअवधि दिएपछि कार्यललय प्रमुखलगायत कर्मचारीहरु कागजात मिलाउनमै व्यस्त देखिन्छन् । अफिस समयमा नआएर जनताको काम नगरेको विषयमा प्रमुख मेहताको मोबाइल नम्वरमा ९८५५०४८०४९ र ९८५५०३४९८७ मा सम्पर्क गर्दा उनको मोबाइल अफ भएकाले प्रतिक्रिया लिन सकिएन ।

यसै सन्दर्भमा गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादसँग बुझदा कार्यलय प्रमुखको काम प्रति आफू असन्तुषट रहेको बताए । असार मसान्तमा प्रायः यस्तै समस्याले गाउपालिका गुज्रिरहेको छ । कर्मचारीलाई केहीभन्दा काम नगर्ने सरुवा गराएर जाने भएकाले समस्या हुने गरेको उनले बताए । एक घण्टादेखि गेटमा उभेको उभिएकै छु गेटमा ताल्चा लगाएर काम गरिरहेको सेवाग्राही रामप्रवेश कुशवाहाले बताएका छन् । गेटमा ताल्चा लगाएकाले आफनो काम हुन नसकेको उनले बताए ।

मन्दिरको काम गाउन आएका फेटा गाउँपालिका वडा नम्वर २ जगतपुरबाट आएका रमेश गुप्ताले गाउँपालिकाको मुलगेटमा ताल्चा लगाएकोले आफू बाहिर नै बसेको बताए । शिक्षकको तलब र पोशाकको पैसा माग गर्न डेलिगेशन दिन आएको तर प्रशासकीय अधिकृत कार्यलयमा नबस्दा समस्या भएको नेपाल राष्ट्रिय माध्यमिक विधालयका प्रधानध्यापक शम्भु स्वर्णकार बताउँछन् । अन्य कर्मचारी मुलगेटमै ताल्चा लगाएर काम गरिरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्