Logo
Logo

नबिल बैंक र ह्वावै टेक्नलोजीज्बीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । नेपालको क श्रेणीको अग्रणी बैंक, नबिल बैंकले ह्वावै टेक्नलोजीज्सँग आज एक कार्याक्रमका बीच रणनीतिक साझेदारीको समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारीपत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा ह्वावै टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गर्नुभएको छ ।


यस उपलक्ष्यमा नबिलका प्रमुख कार्याकारी अधिकृत शाहले ह्वावै जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्नुभयो तथा यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित ‘लिडिङ डिजिटल बैंक’ बन्ने अठोटलाई सशक्तरुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नभयो । ह्वावै टेक्नलोजीज्ले विश्वका सैयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रकृयामा सहभागी भई सँगालेको व्यावसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील तथा सशक्त बनाउँदै नेपाली ग्राहकवर्गलाई अतुलनीय सेवा अनुभवहरु सिर्जना गर्दै जाने अठोट व्यक्त गर्नुभयो ।

कार्यक्रमा बोल्दै ह्वावै टेक्नलोजीज् नेपालका प्रतिनिधिले ह्वावैको क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ–६ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै ह्वावैले आफ्ना वित्तीय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हवावै नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामार्फत बैंकलाई आफ्ना ग्राहकवर्गलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही कार्यत्रममार्फत ह्वावैका प्रतिनीधिले ह्वावै हाल विश्वका ५०० उत्कृष्ठ कम्पनीहरुमध्ये २२८ तथा उत्कृष्ठमध्ये ५८ कम्पनीहरुको प्रविधिमा आधारित परिवतर्नका प्रकृयामा विश्वसनीय सहयात्रीको भूमिका निर्वाह गरिरहेका जनाकारी गराउनुभयो । साथै ह्वावैले डेटामा आधरित सेवा, खसला बैंकिङ अवधारणा, इन्ड टु इन्ड डिजिटल कनेक्टिभिटीजस्ता उच्च प्राविधिक सेवाह? मार्फत आफ्ना विश्वव्यापी ग्राहकहरुलाई सबलिकरण गरिरहेको जानकारी गराउनुभयो ।

विगत ३६ वर्षदेखि यस बैंकले नेपाली ग्राहकवर्गलाई अनवरत बैंकिङ सेवा प्रदान गर्दै, इन्टरनेट बैंकिङ सेवा, डेविट÷क्रेडिट कार्ड र मर्चेन्ट सेवा, विद्युतीय भुक्तानी सेवाहरु, अटोमेटेड टेलर मशीन, चौबिसै घण्टा सञ्चालित ग्राहक सेवा केन्द्र, विद्युतीय विप्रेषनलगायतका आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
यही २०७७ आषाढ २८ गते, ३७ औं वर्षमा प्रवेश गर्दै गर्दा नबिल बैंकले अत्याधुनिक सूचना प्रविधिको उपयोगबाट उत्कृष्ठ ग्राहक सेवाका मानकहरु पुनः परिभाषित गर्दै नेपाली समाजलाई उच्चस्तरीय सेवा अनुभूति गराउने अठोट गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्