विराटनगर । कोशी प्रदेश सरकारले २०८२ सालमा ६ दिन सार्वजनिक बिदा थप्ने दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले दिएको भन्दाबाहेक ६ दिन थप बिदा दिने निर्णय गरेको हो ।

जसअनुसार वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णिमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए ।