Logo
Logo

भूकम्प पीडितलाई राहत लिएर म्यानमार उड्यो सेनाको टोली


567
Shares

काठमाडौं । नेपाली सेनाको एक टोली भूकम्पपीडितका लागि राहत लिएर म्यानमार प्रस्थान गरेको छ । हालै गएको विनाशकारी भूकम्पपछि सरकारले मेडिकल राहतसहित आज सेनाको टोली म्यानमार पठाएको हो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ जनाको टोली सेनाको सीएन–२३५ सीएएसए विमानमार्फत म्यानमार गएको नेपाली सेनाले जनाएको छ ।

विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्ने सेनाले जनाएको छ ।

सरकारले नेपाल वायु सेना निगमको जहाजमार्फत पनि राहत तथा मेडिकल सामाग्री म्यानमार पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्