Logo
Logo

सहसचिव सरुवामा बिचौलिया


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, ३० असार । संघीय निजामति ऐनका कारण कर्मचारीतन्त्र यतिबेला आन्दोलित छ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई त्यसतर्फ खासै चासो छैन । सेटिङमा कर्मचारीको सरुवामै मन्त्रालय केन्द्रीत छ ।

गत साताको सहसचिवको सरुवाले त्यसलाई पुष्टि गरेको छ । मन्त्रालयले चलखेलको आधारमा सहसचिव सरुवा गरेको भन्दै कर्मचारीहरु रुष्ट बनेका छन् । सरुवामा खासगरी कांग्रेस पृष्ठभुमी भएका सहसचिवहरुलाई रोजाईअनुसारको मन्त्रालयमा सरुवा गरिएको छ भने, अरुलाई पेलिएको छ । कतिपयलाई चार महिनामै सरुवा गरिएको छ ।

अनुभव नै नभएका १२ जनालाई गृह मन्त्रालयमा पठाइएको छ । नेन्द्र पौडेल, प्रेम कुमार भट्टराई, महेश आचार्य, थानेश्वर गौतम, चक्रपाणी पाण्डे,धुव्र कुमार पोखरेल, तिर्थराज भट्टराई, बन्धुप्रसाद बाँस्तोला, अरुण पोखरेल, सुरेश न्यौपाने, सन्त कुमार बि.क र ढुण्डी निरौलालाई गृह मन्त्रालयमा पठाइएको छ । उनीहरुमध्ये धेरै जना सिडिओ हुन अयोग्य छन् । तर, उनीहरुलाई सिडिओ हुने चाहनाअनुसार गृह पठाइएको स्रोत बताउँछ ।

मन्त्री हृदयेश त्रिपाठी, सचिव सुर्य गौतम तथा सहसचिव बसन्त अधिकारी मिलेर यसरी चलखेलका आधारमा सरुवा गरेको मन्त्रालयका एक अधिकारी बताउँछन् । यही टिमले यसअघि शिक्षा सेवाका कर्मचारीलाई प्रशासनतर्फ ल्याउन पनि चलखेल गरेको थियो । चर्काे विरोध भएपछि उनीहरु पछि हटेका थिए । मन्त्रालयमा पछिल्लो समय कर्मचारी सरुवामा बिचौलियाहरु हाबी हुन थालेको कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्