काठमाडौं । गर्मी याममा सुरु भएसँगै घमौरा एक सामान्य छालासम्बन्धी समस्या बन्ने गर्दछ । विशेष गरी तराई क्षेत्रमा बढी देखिन्छ । घमौरा पसिनाको ग्रन्थिहरू बन्द हुँदा हुने सङ्क्रमण हो । यसले गर्दा छालामा स–साना बिमिरा आउँछन् । अत्यधिक पसिना, धुलोमैलो, बाक्लो लुगा तथा प्रदूषित वातावरणले यो समस्या बढाउँछ ।

छाला चिलाउने, रातो बिमिरा देखिने, पोल्ने, गन्ध आउने लक्षण देखिन्छन् । चिकित्सकीय भाषामा यसलाई ’मिलिरिया’ भनिन्छ । गर्मी याममा सफा, हलुका लुगा लगाउने र स्वच्छता कायम राख्नाले यसबाट बच्न सकिन्छ ।
दैनिक पजीवनमा केही समान्य बानिहरुको मदतले घमौराबाट बच्न सकिन्छ । जसका लागि के अनिवार्य र उपयोगी तरिकाहरूको बारेमा जानौँ ।
– नियमित रूपमा नुहाउने र पसिना आएपछि सुक्खा कपडाले शरीर पुछ्ने ।
– सूत (cotton) वा लिनेनजस्ता कपडा लगाउँदा छालाले सास फेर्न पाउँछ र पसिना सजिलै सुक्छ । त्यसैले सके सम्म गर्मी मौसममा यस्ता लुगाफाटाहरुको प्रयोगमा ध्यान दिने ।
– धेरै गर्मी वा हावा नचल्ने ठाउँमा लामो समय नबस्ने ।
– शरीरलाई हाइड्रेट राख्दा पसिना कम आउँछ र छालाको समस्या पनि घट्छ । त्यसैले पानी पिउनु पनि उतिकै महत्त्वपूर्ण छ ।
घमौराको घरेलु उपचार
– घमौरा आएको ठाउँमा थोरै माटोको पेस्ट बनाएर लगाउँदा घमौरा चिलाउने पोल्ने समस्या कम हुन्छ।– गाउँघर तिर पाइने सर्सिउँको तेलमा कपुर हालेर घमौरा भएको ठाउँमा लगाए आराम मिल्छ।
– घमौरा धेरै पोल्न थालेमा पाउडर लगाउन सकिन्छ।
– घमौरामा लोसन लगाउनाले चिलाउने क्रम कम हुन्छ र जलन मेटिन्छ।
– दिनमा तीन पटकसम्म एक एक चम्चा घ्यूकुमारीको जेललाई घमौरामा लगाउनु राम्रो हुन्छ।
– लसुन केलाएर मजाले पिसेर लेप बनाउने र घमौरा आएको भागमा दल्ने गर्नुपर्छ।
– निमको पातलाई पानीमा उमालेर चिसो बनाउने र घमौरा आएको ठाउँमा लगाएर आधा घण्टापछि नुहाउने गर्नुपर्छ।
– गर्मीबाट हुने घमौराजन्य घाउ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन।
– गर्मीमा नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन्।
– धेरै बाक्लो कपडा लगाएर बस्नु हुँदैन।
– घमौराको समस्याबाट टाढै रहन कागती पानी खाइरहने गर्नुपर्छ ।
उपचारका उपाए के छन् ?
छाला चिलाउने भएमा औषधिको रूपमा यसमा क्यालामाइन लोसनको प्रयोग गर्न सकिन्छ । शरीरलाई चिसो बनाउन चिसो पाउडरको प्रयोग गर्न सकिन्छ । यसले घमौरा कम गर्दैन र यसबाट हुने चिडचिडापन, पोल्ने र चिलाउने समस्यालाई राहत दिने गर्छ । पोल्ने समस्या छ भने सेट्रिजन औषधि खान सकिन्छ ।
घमौरामा कीटाणुको सङ्क्रमण भएमा चिकित्सकलाई जाँच गराउनुपर्छ । ज्वरो छ भने पारासिटामोल खान सकिन्छ ।