जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । मधेश प्रदेशसभाको बैठक आज दिउँसो १ बजे आह्वान गरिएको छ ।

बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आमसभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।