Logo
Logo

नरेफाँटमा सिद्धार्थ बैंकको नयाँ शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७७ आषाढ ३१ गते बुधबार काठमाडौंस्थित नरेफाँटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ३०० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्