Logo
Logo

एनबी बैंकको बीमा सुविधाअन्तर्गतको १५ लाख हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बीमा सुविधाअन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ । यसअन्तर्गत बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामयिक निधन भएकामा सो खातामा रहेको बीमा सुविधाअन्तर्गत दुर्घटना बीमावापतको प्राप्त रकम रु १५ लाख स्व शेर्पाकी पत्नी पेमलमु शेर्पालार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो । बैंकले असार २९ गते सोमबार केन्द्रीय कार्यालय कमलादीमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिंदै आएको परिप्रेक्ष्यमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ । साथै आगामी दिनहरुमा पनि बैकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने जानकारी गराएको छ ।

बैंकले ९७ शाखा, सात एक्सटेन्सन काउन्टर, तथा ८० एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्