Logo
Logo

दीपक मनाङेद्वारा शपथ


- दृष्टि न्युज/संवाददाता

0
Shares

पोखरा, १४ माघ गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 



उहाँलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराउनुभयो । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी हुनुभएका उहाँ शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथ हुन सकेको थिएन । 

सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उहाँले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिनुभएको थियो । शपथपछि उहाँले सरकारको कामको आधारमा सहयोग गर्ने बताउनुभयो । समग्र प्रदेशका साथै आफ्नो निर्वाचन क्षेत्रमा बाटोघाटो, शिक्षा लगायतको विकासमा आफू सक्रिय बन्ने उहाँले बताउनुभयो । 
(रासस) ः

प्रतिक्रिया दिनुहोस्